मंसिर १९
नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर सम्पन्न ।
बेइजिङमा आज दिउँसो भएको फ्रेमवर्क सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृतबहदुर राई र चीनका तर्फबाट चीनका नेशनल डेभलपमेन्ट एण्ड विकास रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गर्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) बाट नेपालले लाभ लिने बताउनुभएको छ ।
बिआरआई सहकार्य फ्रेमवर्कमा परेका १० परियोजनाहरूयस प्रकार रहेका छन ।
१) टोखा-छहरे सुरुङमार्ग
२) हिल्सा-सिमकोट सडक
३) किमाथांका-खाँदबारी सडक र पुल
४) जिलोङ-केरुङ-काठमाडौं सीमापार रेलमार्ग
५) डडेलधुरास्थित अमरगढी सिटी हल
६) जिलोङ-केरुङ-रसुवागढी
७) मदन भण्डारी विश्वविद्यालय
८) काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम
९) दमकस्थित चीन-नेपाल औद्योगिक मित्रपार्क
१०) झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स
निकै महत्वका साथ हेरिएको बिआरआइ जुन फ्रेमवर्कमा नेपालवाट परराष्ट्र सचिव अमृतबहदुर राई र चीनबाट नेशनल डेभलपमेन्ट कमिशनका उपाध्यक्ष लिउ सुशेद्दारा हस्ताक्षर गरिएको छ । निकै महत्वका साथ हेरिएको बिआरआइ सम्झौताले नेपालको बिकासमा महत्वपुणर् भुमिका हुने बताइएको छ ।