बुटवल । बुटवलमा मगर साहित्य महोत्सव सुरु भएको छ । नेपाल मगर महिला संघ रुपन्देहीको आयोजनामा बुटवलमा ‘प्रथम मगर साहित्य महोत्सव’ भएको हो । महोत्सवको एक समारोहका बीच प्रतिनिधिसभाकी उपसभामुख इन्दीरा राना मगरले उद्घाटन गर्दै मगरहरुको सबै भन्दा ठूलो इमानदारीता भएको सोझोपन र बाहादुरी भएको बताउनुभयो ।
उपसभामुख रानाले मगरहरुले देशलाई अहिलेको अवस्थामा ल्याउनका लागि महत्वपूणर् योगदान दिएको बताउदै मगर भाष साहित्यको संरक्षणमा लाग्नुपर्ने बताउनु भयो । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलले सबै समुदायलाई समान रुपमा व्यवहार गर्ने गरेको बताउदैे बुटवल उपमहानगरपालिकाले मगर भाषाको नागरिक वडापत्र ल्याएको समेत बताउनुभयो ।
दुइदिन सम्म चल्ने महोत्सवमा विभिन्न ७ वटा प्यानल डिस्कशन, मगर कविता बाचन प्रतियोगिता तथा श्रष्टाहरुलाई सम्मान लगायतका कार्यक्रम हुने छन् । महोत्सवमा प्यानल डिस्कशनका लागि अभियन्ता तथा नेपाली बैज्ञानिक महाविर पुन मगर, चर्चित नायिका मिरुना मगर, वरिष्ठ पत्रकार जे.बी. पुन मगर लगायत प्रतिष्ठित व्यक्तिहरुसँग प्यानल डिस्कशन गर्ने कार्यक्रम छ । मगर समुदायको भाषा, साहित्य, ईतिहास र परम्परको संक्षणमा टेवा पुग्नेगरी आयोजना गरिने सम्मेलनमा कविता बाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, प्राचिन सामग्रीहरुको प्रदर्शन तथा विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरिने भएको छ ।
महोत्सवमा मगर समुदायले बोल्ने ढूट, खाम तथा काईके गरी ३ वटै भाषामा कविता बाचन प्रतियोगिता हुने संयोजक रानाले बताए । देशभरका मगर साहित्यकार, कलाकार तथा फरक-फरक विधाका व्यक्तित्वहरुको सहभागिता रहको छ ।