पुस ४ गुल्मी ।
जिल्ला प्रशासन कार्यालय गुल्मीको स्क्यानर कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेद थापा मगरले प्रशासनमा रहेको राहदानी फाटको स्क्यानर फुटाएका छन । आप्नो पालिका सेवा ग्राहिलाइ सेवा दिदा प्राथमिकता नदिएको भन्दै अध्यक्ष बेद थापा मगरले स्क्यानर फुटाएका हुन । जिल्ला प्रशासन कार्यालय राहादानि फाँटको भित्र पसेर अध्यक्ष थापाले स्क्यानर फुटाएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनु भयो । आज विहिबार दिउँसो थापाले स्क्यानर फुटाएका हुन । आफ्नो पालिका सदरमुकाम भन्दा धेरै टाढा रहेको र प्रशासनले टोकन मार्फत सेवा दिदा आफ्नो पालिका वासी मर्कामा परेकोले आबेशमा आएर आफुले स्क्यानर फुटाएको प्रहरीलाई थापाले प्रारम्भिक बयान दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
थापालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले नियन्त्रणमा लिएको छ ।