बुटवल, १७ पुस । काठमाण्डौ बाहिर पहिलोपल्ट आयोजना हुन लागेको सर्वाधिक राशीको भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसको अवसरमा प्रथम पुरस्कार ७ लाख रुपैयासहित मदन भण्डारी गोल्डकप ईन्डो नेपाल रनिङ्गशिल्ड पुरुष भलिवल च्याम्पियनसीप २०८१ हुन लागेको हो ।
बुटवल रामनगर खेलमैदानमा पौष १७ देखि २४ गतेसम्म आयोजना हुने प्रतियोगिताको प्रधानमन्त्री केपिशर्मा ओलिले आज उद्घाटन गर्नुृहुने कार्यक्रम छ । रनिङ्गशिल्ड पुरुष भलिवल च्याम्पियनसीपको आर्कषक ट्रफी सार्वजनिक गरिएको छ । एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री तथा नेकपा एमाले पोलिटब्युरो सदस्य पुर्व मुख्यमन्त्री लिला गिरि, नेकपा एमाले जिल्ला अध्यक्ष यज्ञ गैरे, एकेडेमीका अध्यक्ष ध्रुव आचार्य,नेपालले ट्रफी अनावरण गर्नुभएको हो ।
‘यो स्वर्ण जलप गरिएको भलिबल ईतिहासमा नै आर्कषक ट्रफि भएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, दावि गर्नुभयो ।’अध्यक्ष आचार्यले १५ केजी तौल भएको ट्रफिले लुम्बिनी र पर्यटनलाई उजागर दाबी गर्दै खेल पर्यटनलाई उजागर गर्ने गरि ट्रफीमा लुम्बिनीको अशोक स्तम्भ, मायादेवि मन्दिर र शान्ति दीप कुदिएको बताउनु भयो । बुधबार मदन भण्डारी स्पोट्र्स क्लबद्धारा घोषणा भएको खेल तालिका अनुसार देशका विभिन्न ठाउमा खेलाईने समग्र कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गरिने छ । यसमा डेढ दर्जन खेलका करीब १० करोड ६० लाख रुपैया खर्च हुने अनुमान रहेको छ । नवप्रतिभा र युवा खेलाडीहरु अन्तराष्ट्रिय स्तरमा सहभागी हुने गरि खेल प्रतियोगिता गर्न लागेको उकडेमिले जनाएको छ । भलिबल प्रतियोगितामा १ करोड ६० लाख रुपैया खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगितामा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीसहित विभागिय टिम त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, एपीएएफ क्लव, मणिमुकुन्द भलिबल क्लव, भारतको गुजरात स्टेट भलिवल एशोसिएशन, गलकोट भलिबल क्लव, रुकुम पश्चिम भलिवल प्रशिक्षण केन्द्र गरि नेपाल र भारतका आठ वटा टिमले प्रतिष्पर्धा गर्नेछन । विदेशी खेलाडीसहितको गल्कोट भलिबल क्लब सहभागी हुने आयोजकले जानाकारी गराएका छन ।