एप्पलद्धारा जिल्लास्तरीय हाजिरीजवाफ

 

बुटवल, पुस १७ । बुटवलको मिलनचोक स्थित एप्पल इन्ट्रान्स प्रिपेरेसन सेन्टरको आयोजनामा जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगिता भएको छ । कक्षा १० का विद्यार्थीहरु सहभागी रहेको प्रतियोगितामा जिल्लाका ३० विद्यालयले सहभागिता जनाएका थिए । फाइनल राउण्डमा पुगेका ६ विद्यालयका प्रतियोगीबीच भएको प्रतिस्पर्धामा बुटवलको कालिकामानवज्ञान विद्यालय प्रथम भएको छ । यस्तै विद्यालय द्धितीय, बुटवलकै न्यु होराइजन वोर्डिङ स्कुल विद्यालय तृतीय र एभरेष्ट वोर्डिङ स्कुल र स्कलर्सहोम स्कुल ले सावन्तवना स्थान प्राप्त गरेका छन् ।
प्रथम हुने कालिका मानवज्ञान माविले २११११ दोस्रो हुने न्यु होराइजनले १५१११ तृतिय हुने एभरेष्ट वोर्डिङ स्कुलले ६१११ र सन्त्वना स्थान प्राप्त गर्ने स्कलर्सहोमले ४१११ पुरस्कार रकम प्राप्त गरेका छन । विद्यार्थीलाई प्लस टु पछि मेडिकल, ईञ्जिनियरिङ्ग, नर्सिङ्ग, एप्लाइड साइन्सका विभिन्न तयारी कक्षा र ब्रिज कोर्ष अध्यापन गराउने सेन्टरले विद्यार्थीहरुमा ज्ञानको दायरालाई फराकिलो बनाउन प्रतियोगिता आयोजना गरेको अध्यक्ष डा. निसिम भुसालले बताए । प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले विद्यार्थीमा अध्ययप्रति रुची जगाउन प्रतियोगिताहरु उपयोगी हुने बताए ।
कार्यक्रममा लुम्बिनी ईञ्जिनियरिङ्ग कलेजका प्रबन्ध निर्देशक तुलसीप्रसाद सापकोटा, संस्थाका प्रबन्ध निर्देशक डा. सञ्जय पोखरेललगायतले विविध विषयमा प्रकाश पारेका थिए । कार्यक्रमको संयोजन उपेन्द्र भट्टराईले गरेका थिए ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.