चैत मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण सक्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताको नवीकरणको कार्य चैत मसान्तभित्र सक्ने भएको छ । सदस्यता व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । चैत अन्तिमसम्म क्रियाशील सदस्यता नवीकरण कार्ययोजना बनाएर सक्ने निर्णय भएको समिति सदस्य प्रकाश स्नेही रसाइलीले जानकारी गराए । क्रियाशील सदस्यता प्रदान गर्ने प्रक्रियालाई व्यवस्थित बनाउन जातजाति, जनसंख्या, पार्टीको मतको प्रतिशतको समेत सम्बोधन हुने गरी प्राविधिकको साथ लिएर व्यवस्थापन समितिले थप अध्ययन गर्ने निर्णय गरिएको छ । डोल्पामा नवीकरण सदस्य फर्म कार्यवाहक सभापतिलाई पठाउने निर्णय भएको स्नेहीले जानकारी गराए । महामन्त्री गगन थापाको नेतृत्वमा रहेको सदस्यता व्यवस्थापन समितिमा केन्द्रीय सदस्यहरु स्नेही, सीता गुरुङ र योगेन्द्र चौधरी सदस्य छन् ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.