पौष २२
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘स्पष्टीकरण सोधेको छ । घिसिङसँग मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताअनुसार भदौ महिनाभित्र मन्त्रालयको समितिमार्फत कार्यसम्पादन मूल्याङ्कन गराइसक्नुपर्नेमा त्यसका लागि आवश्यक विवरण नै नबुझाए पछि ‘स्पष्टीकरण सोधेका हो । मन्त्रालयले कार्यकारी निर्देशक कुलमान घिसिङलाइ किन पदबाट नहटाउने’ भन्दै ‘स्पष्टीकरण सोधेको हो । कार्यसम्पादन मूल्यांकनमा ५० प्रतिशतभन्दा कम अंक ल्याएको अवस्थामा कार्यकारी निर्देशकलाई पदबाट हटाउन सक्ने व्यवस्था सम्झौतामा छ । सम्झौता अनुरुप भदौभित्र कार्यसम्पादन मूल्यांकन नै नगराएपछि उहालाई पदबाट किन नहटाउने भन्दै सोमबार स्पष्टीकरण सोधिएको मन्त्रालयका सोधेको हो । केहि महिना पहिले देखि नै सरकारलाइ असहयोग गर्ने गरी निर्देशक कुलमान घिसिङले गतिविधि गरेको आरोप समेत लाग्दै आइरहेको छ ।