बजेट निर्माण प्रक्रियामा प्रदेश सभा सदस्यहरुको अर्थपुर्ण सहभागीता आवस्यक सभामुख घर्ती

 

पौष २३ बुटवल
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले बजेट निर्माण प्रक्रियामा प्रदेश सभा सदस्यहरुको सार्थक सहभागीताले बजेट कार्यान्वयनमा सहजता आउने बताउनु भएको छ ।
सरकारले ल्याउने बजेटमा सदस्यहरुको अर्थपुर्ण सहभागीता भयो भने बजेट कार्यान्वयनमा समेत प्रभावकारिता देखिने उहाले बताउनु भयो ।
दलित महिला महासंघ नेपालको आयोजनामा बुटवलमा भएको बार्षिक बजेट र योजना प्रक्रियामा प्रदेश सभा सदस्यहरु र भौतिक पुर्बाधार बिकास मन्त्रालय बीच अन्तरकृयात्मक संबाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले “सरकारले बनाएको बजेट जस्ताको तस्तै पारित गर्नुपर्ने अवस्था को अन्त्य गर्नु पर्ने बताउनुभयो । सभामुख घर्तीले कानुन निर्माणमा केन्द्रित हुन प्रदेश सभा सदस्यहरुलाई सुझाव दिनु भयो । उहाँले संसदले नै बजेट बनाउने गरि संसद बजेट अफिसको अभ्यास सुरु गर्न लागिएको बताउनु भयो । सभामुख घर्ती मगरले बजेट निर्माणमा मन्त्रीहरुको कार्य शैलीले प्रदेश सभाका सदस्यहरु चिन्तित भएको भन्दै बजेट निर्माणमा आवश्यक छलफल बहस र प्राथमिकरण जरुरी रहेको बताउनु भयो । कार्यक्रममा भौतिक पुर्बाधार बिकास समितीका सभापति रामजी प्रसाद घिमिरेले बजेट निर्माण प्रक्रियामा सदस्यहरुको भुमिकालाई बढाउन समितीले प्रयास र पहलकदमी लिएको बताउनु भयो । उहाँले बिनियोजित बजेटको कार्यान्वयनको अवस्थाको अनुगमनको कार्य गरि सरकारलाई सुझाव दिएको बताउनु भयो ।
पुर्बमन्त्री भगवती अधिकारीले प्रक्रिया पूरा गर्न मात्र बजेट सभामा लैजाने परिपा टि अन्त्य गरिनु पर्ने बताउनु भयो । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक जमुना ढकालले जनताको चाहना र मागलाई सम्बोधन गर्न बजेट निर्माणमा माननीयहरुको सहभागी आवस्यक रहेको बताउनु भयो ।
भौतिक पुर्बाधार विकास निर्देशनालयका निर्देशक गोबिन्द प्रसाद खनालले गुरुयोजना तयार गरेर काम गर्नु पर्ने बताउनु भयो । त्यसको लागी प्रदेश सभा सदस्यहरुको सहभागीतामा छलफल सुरु गरिएको जानकारी दिनु भयो । संवाद समुहका सुशील बस्नेतको सहजीकरमा भएको उक्त संबादमा प्रदेश सभाका सदस्यहरु र भौतिक बिकास मन्त्रालयका कर्मचारीहरुको सक्रिय सहभागीता रहेको थियो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.