भूकम्पमा परी हालसम्म चीनमा कम्तिमा ३६ को मृत्यु,नेपालमा भूकम्पबाट कुनै क्षति नभएको जानाकारी

 

चीनको तिब्बत स्थित दिङ्गे काउन्टीमा केन्द्रविन्दु भएर आज विहान गएको भूकम्पमा परी हालसम्म चीनमा ३६ बढीको मृत्यु भएको चिनिया संचारमाध्यमहरुले जनाएको छन ।
अमेरिकी भौगर्भिक सर्भेक्षणले तिब्बतमा गएको भूकम्प ७ दशमल १ म्याग्निच्युड रहेको जनाएको छ । कतिपय चिनियाँ संचार माध्यम हरुले भने ६ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको जनाएका छन् ।
भूकम्प गए लगत्तै चीनले तीन तहको आपतकालीन प्रतिक्रिया प्रणालीलाई सक्रिय बनाउँदै उद्दार तथा राहतका लागि टोली नै खटाइसकेको जनाइएको छ । पुर्ण क्षतिको विवरण भने आएको छैन ।नेपालमा भने मानविय र भौतिक क्षतिको हाल सम्म कुनै जानाकारी नआएको बताइएको छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.