रुपन्देहि माघ २५
रुपन्देहीको सैनामैनामा सर्वाधिक राशिको भलिबल प्रतियोगिता शुरु भएको छ । दुधराक्ष युवा क्लब सैनामैनाको आयोजनामा दोस्रो संस्करणको रुपमा दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको यो प्रतियोगिता फाल्गुन ३ गते सम्म चल्ने छ । प्रतियोगितामा ३ विभागीय सहित ७ टिमको सहभागिता रहेको छ । जसमा त्रिभुवन आर्मी क्लब,नेपाल पुलिस क्लब,नेपाल ए.पि.एफ क्लब,गण्डकी प्रदेश भलिबल संघ,कोशि प्रदेश भलिबल संघ,गल्कोट भलिबल संघ र मणिमुकुन्द क्लब रहेका छन् । पहिलो दिनको खेलमा मणिमुकुन्दले कोशी प्रदेशलाई सोझो सेटमा हराउदे विजयी शुरुवात गरेको हो । प्रतियोगितामा प्रथम हुने टिमले .५ लाख ५५ हजार ५ सय ५५,शिल्ड मेडल र प्रमाण पत्र,द्धितिय .३ लाख ३३ हजार,३ सय ३३,तृतिय पुरस्कार रु.५५ हजार,५सय ५५ प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडी,स्पाईकर,डिफेन्डर,ब्लकर,सर्भिस,प्रशिक्षक,सेटरलाई नगद राशीले सम्मान गरिने खेल संयोजक राज कुमार चौधरीले जानकारी दिनुभयो । सामाजिक क्षेत्रमा क्रियाशिल दुधराक्ष क्लबले खेलकुद विधा समेत काम गर्दै अघि बढेको क्लबका अध्यक्ष किरण पोख्रेलले जानकारी दिनुभयो। प्रतियोगिता सम्पन्न गर्न ६० लाख भन्दा बढि खर्च लाग्ने अनुमान गरिएको छ । शनिवार दुई खेल हुने आयोजकले जनाएको छ । प्रतियोगिताको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री भुमिश्वर ढकालले उदघाटन गर्नुभएको थियो । सैनामैना दुधराक्ष राष्ट्रिय क्लब स्तरीय भलिबल प्रतियोगिताको उद्घाटन खेलमा मणिमुकुन्द भलिबल क्लब विजयी भएको छ । आज भएको खेलमा कोशी प्रदेश भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै मणिमुकुन्दले जित दर्ता गरेको हो ।
सैनामैना ६ कलौनी चोक स्थित वडा कार्यालयको मैदानमा भएको खेलमा मणिमुकुन्दले कोशीलाई पहिलो सेटमा २५-२२ दोस्रो सेटमा २५-२३ तथा तेस्रो सेटमा २५-१८ ले हरायो । सुरुवाती दुई सेट प्रतिस्पर्धात्मक भएपछि तेस्रो सेटमा कोशीले लय गुमाउँदा हार ब्यर्होनु पर्यो । प्रतियोगिता फागुन ३ गतेसम्म चल्ने छ ।