राष्ट्रपति रामचन्द्र पौडेल घोडेजात्रा समारोह २०८१ का अवसरमा टुँडिखेलमा

 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल घोडेजात्रा समारोह २०८१ का अवसरमा नेपाली सेनाद्वारा शनिबार टुँडिखेलमा आयोजित समारोहमा सहभागी हुनुभयो ।समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, उपप्रधानमन्त्री मन्त्री, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधिलगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता थियो ।समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेनाद्वरा प्रदर्शन गरिएको अश्वकलाको अवलोकन गर्नुभयो । सो अवसरमा घोडा दौड़, घोडा जम्पलगायत विभिन्न रोचक कला प्रदर्शन गरिएका थिए । प्रदर्शनमा उत्कृष्ट हुनेलाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गर्नुभयो ।चैत्र कृष्ण औंसी तिथिमा काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमको आयोजन गरी मनाउने गरिन्छ ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.