पुष्प सहकारीले दियो सेयर सदस्यलाइ सहकारी शिक्षा तालिम

 

केशव भण्डारी
बुटवल, चैत्र १७ । बुटवल–७ दीपनगरस्थित पुष्प बहुउद्देश्यीय सहकारी संस्थाले ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आप्ना सेयर सदस्यहरुलाइ सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ । सहकारीले आप्ना सदस्यहरुलाइ सहकारी नितिनियम सम्वन्धि अन्य ज्ञान प्रदान गर्ने उदेश्यले सहकारी सम्वन्धि तालिम प्रदान गरीएको पुष्प बहुउद्देश्यीय सहकारीका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनु भयो । कार्यक्रममा प्रशिक्षक राष्ट्रिय सहकारी बैक बुटवलका प्रमुख नारायण बेल्वासेले सहकारीमा हरेक सदस्यको सक्रिय सहभागिताले मात्रै सहकारीलाइ बलियो बनाउने बताउनुभयो । आप्ने सहकारी कसरी संचालन भैरहेको छ भन्नेकुरा हरेक सदस्यहरुले जनाकारी लिनु पर्ने बताउदै केहि सहकारी संचालकको बदमासिले समस्त सहकारीलाइ बदनाम गराउने काम गरेको बताउनु भयो । प्रमुख बेल्वासेले आफुले चिनेजानेका समाजमा असल ब्यक्ती हरुले संचालन गरेका सहकारीमा कुनै समस्या नरहेको बताउदै तेस्ता सहकारीको पहिचान गरेर सदस्य बन्न आग्रह गर्नुभयो । कार्यक्रममा सहकारीका अध्यक्ष राम प्रसाद पाण्डेले सहकारीले आप्ना सदस्यहरुको हितमा कामगरीरहेको बताउनु भयो । कार्यक्रमा सहकारीले आप्ना गतिविधि योजना समेटेर प्रकाशन गरेको २०८२ को भित्ते पात्रो विमोचन गरीएको थियो । कार्यक्रममा सहकारीका सल्लाहकार उमाकान्त बस्याल, कृष्ण प्रसाद भट्टराइ, जेष्ठनागरीक,मिन प्रसाद न्यौपाने लगायतले बोल्दै सहकारी संस्थाहरुले पनि सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गर्ने तथा उत्पादन मुलक व्यवसायीक बनाएर आत्मनिर्भर बनाउने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममको सञ्चालन सहकारीका सचिव कल्पना थापा, स्वागत सहकारीका संचालक समिति सदस्य अम्विका खनालले गर्नुभएको थियो । २०५७ सालमा स्थापना भएको सहकारीमा हाल ९३० जना शेयर सदस्य तथा १५ करोड शेयर पुँजी रहेको व्यवस्थापक सरस्वती पाण्डे न्यौपानेले जानकारी दिनुभयो ।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.