अर्घाखांचीको छत्रगञ्ज जन्मथलो र कर्मथलो भएकाहरूको साझा संस्था छत्रगञ्ज–रुपन्देही सम्पर्क समाजको ११औं वार्षिक साधारण सभा तथा नववर्ष २०८२ को शुभकामना आदान–प्रदान, भित्तेपात्रो विमोचन, आजीवन सदस्यतापत्र वितरण र ‘न्यानो माया’ अभियानमा सहयोग पुर्याउने महानुभावहरूको सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष सिद्धार्थ पन्थीले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा छत्रदेव गाउँपालिका वडा नं। ५ का अध्यक्ष बालकृष्ण पोखरेल रहनु भएको थियो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा थानेश्वर पोखरेल र नेत्रप्रसाद पन्थी, साथै जीवन श्रेष्ठ, लेखनाथ पोखरेल, ओम मल्ल, महेश पाण्डे, हरि भट्टराई, लक्ष्मण पन्थी, बासुदेव पन्थी र कमल पोखरेल लगायतको उपस्थिति रहेको थियो।समाजले सञ्चालन गरेका वृक्षारोपण, तीज मिलन, दशैं मेला स्वयंसेवक सेवा, देउसी–भैलो, न्यानो माया अभियान, बृहत निःशुल्क स्वास्थ्य शिविर, जनचेतनामूलक होर्डिङ बोर्ड जस्ता कार्यक्रमहरू सबै अतिथिहरूद्वारा उच्च प्रशंसा गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गर्नु भएको थियो। कार्यक्रमको विविधता थप गर्दै सांगीतिक नृत्य प्रस्तुतिहरू पनि राखिएको थियो। समाजको सदस्यता अभियानलाई प्रभावकारी बनाउँदै यसपटक आजीवन सदस्य संख्या यो वर्ष ९० जना थप भएको र सबैलाई प्रमाणपत्र र आजीवन व्याच प्रदान गरिएको थियो।कार्यक्रमको प्रारम्भ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आयोजित रक्तदान कार्यक्रमबाट गरिएको थियो। अध्यक्ष सिद्धार्थ पन्थीले वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष नविन पाण्डेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष जर्नादन पोख्रेलले स्वागत मन्तव्य दिनुभएको थियो।कार्यक्रम सञ्चालन समाजका सचिव विराट पौडेलले गर्नुभएको थियो। कार्यक्रम संयोजक प्रकाश पन्थीको संयोजनमा कार्यक्रम झण्डै २०० भन्दा बढीको सहभागितामा उत्कृष्ट रूपमा सम्पन्न भएको हो। समाजका अध्यक्ष पन्थीले भित्तेपात्रो प्रकाशनका लागि विज्ञापनमा सहयोग गर्नुहुने, न्यानो माया अभियानमा विदेशमा रहेर सहयोग गर्नुहुने र अन्य कार्यक्रममा सहयोगमा सहयोग गर्नुहुने तथा विज्ञापन संकलनमा सहयोग गर्नुहुने समाजका कार्यसमिति लगायत सम्पूर्णलाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्नुभयो।समाजले आगामी दिनहरूमा पनि समाजसेवा, आपसी सद्भाव र स्थानीय विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।