नगर स्तरीय बक्तृत्वकलामा एकता बाल सञ्जालकि विनिशा बगाले,प्रथम

 

रुपन्देहि चैत्र २५
रुपन्देहिको तिलोत्तमा नगरपालिका वडा नम्बर ४, चेतनशील वडा बाल सञ्जालको आयोजना तथा ४ नम्बर वडा कार्यालयको आर्थिक सहयोग र समन्वयमा वडा स्तरीय वक्तृत्व कला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका भित्रका १७ वडामध्ये १२ वटा वडाको सहभागिता रहेको कार्यक्रममा कुलत र बालश्रम मुक्त तिलोत्तमा अभियान शीर्षकमा बक्ता हरुले आप्नो प्रस्तुति गरेका थिय । कार्यक्रममा एकता बाल सञ्जाल तिलोतमाकि ११ विनिशा बगाले, प्रथम नमुना बाल सन्जाल १६कि प्रतिभा न्यौपाने द्वितीय र बाटिका बाल सन्जाल २ कि प्रतिज्ञा सुवेदी तृतीय हुनुभएको थियो । कार्यक्रम चेतनशील बाल सञ्जाल अध्यक्ष प्रिन्सा गौतम,को अध्यक्षता वडा अध्यक्ष हरिबहादुर क्षेत्रीको प्रमुख आतिथ्यता वडा सदस्य मित्रलाल न्यौपाने स्वागत र वडा सचिव काशीराम ज्ञवाली को सञ्चालन सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अथिति हरीबहादुर क्षेत्रिले बालवालिकाको कलिलो दिमागमा सकरात्मक सृजनशिल कुरा भर्न सक्नुपर्ने बताउनुभयो । अध्यक्ष क्षेत्रिले बालवालिका कुलतमा लाग्न नदिन आगामि दिनमा बालवालिका केन्द्रित कार्यक्रम ल्याउने बताउनु भयो । कार्यक्रममा वडासचिव काशीराम ज्ञवालीले बालबालिका भोलिका राष्ट्रका कर्णधार भएको बताउदै उनिहरुको सिर्जनशिलता अभिवावकहरुले पहिचान गर्ने र सहिबाटोमा अगाडि बढाउनु पर्ने बताउनु भयो । कार्यक्रममा जनज्योति माविका शिक्षक पिताम्बर पराजुलीले यस प्रकारका कार्यक्रमले बालवालिका अर्न्तनिहित प्रतिभा प्रस्फुटन गराउन तथा आत्म विश्वास बढाउन सहयोग पुग्ने बताउनु भयो । नगर बाल सञ्जाल अध्यक्ष विवेक खड्का वडाका जनप्रतिनिधिहरू, बालमैत्री सम्पर्क व्यक्तिहरु बाल मैत्री सहजकर्ता विधार्थि अविभावक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको मूल्याङ्कनकर्ताको संयोजक जनज्योति माविका शिक्षक पिताम्बर पराजुली र सदस्य शिक्षक सविता पौडेल राधिका घिमिरे गर्नुुभएको थियो । बतृत्वकलामा सहभागी विधार्थिहरुलाई सहभागिताको प्रमाणपत्र, यातायात खर्च र प्रथम द्वितीय र तृतीय हुनेलाई प्रमाणपत्र सहित नगद पुरस्कार समेत वितरण गरिएको थियो।

Comments

comments

प्रतिक्रिया दिनुहोस्

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.