पुष्प सहकारीको रजतमहोत्सव
बुटवल, कार्तिक १० ।
सहकारीको निति नियममा चलेका र समुदायमा आधारीत सहकारी हरुमा कुनै समस्या नभएको एक कार्यक्रमका बक्त्ताहरुले बताएका छन । सहकारीको नियम प्रकृया र मापदण्डमा नचलेका तथा,गलत नियत भएका समुदायभन्दा बाहिरका संचालक समितिमा रहेका ब्यक्ती बाट सहकारीको रकमको दुरुपयोग,र अपचलन हुनेगरेको पाएको पनि उनिहरुले बताए...
काठमाडौँ, १० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी नोभेम्बर २०२४ मा अजरबैजानको बाकुमा हुने विश्व जलवायु सम्मेलन (कोप–२९) हिमालदेखि समुद्रसम्मको अवधारणालाई स्पष्ट र सशक्तरुपमा उठाइने बताउनुभएको छ ।
वन तथा वातावरण मन्त्रालयले आज आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभाका...
कार्तिक ५
काठमाडौं । हाल देशभर पश्चिमी एवं स्थानीय वायुको प्रभाव कायमै रहेको छ । यही प्रभावका कारण लुम्बिनी र मधेश प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज यहाँ जारी विज्ञप्तिमा मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित...
दाङ–लुम्बिनी प्रदेश सरकारले प्रदेश सरकार कार्यविभाजन नियमावली हेरफेर गरेको छ । प्रदेश मन्त्रिपरिषदको आइतबार बसेको बैठकले प्रदेश सरकार कार्यविभाजन नियमावली २०७९ को अनुशुची १ र २ लाई हेरफेर गर्ने निर्णय गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सामाजिक विकास मन्त्रालयमा गाभिएको छ भने युवा तथा खेलकुद मन्त्रालय...
काठमाडौं । लेड अर्थात विषाक्त सिसा मन्द विषका रुपमा फैलिरहेको र यसले जीवनभर क्षति पुर्याइरहने भन्दै विज्ञ तथा सरोकारवालाहरुले लेडको विषबाट बच्न सरकारी नियमन र व्यक्तिगत सचेतना अनिवार्य भएको बताएका छन् । विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रिय संघ वातावरण कार्यक्रमको संयुक्त सहकार्यमा गठित लेड युक्त पेन्ट उन्मुलनका लागि...
कार्तिक ४
सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरी कास्की प्रहरीको हिरासतमा राखिएका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई आज अदालतमा पेस गरिने भएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीको टोलीले रास्वपाकको पार्टि कार्यालयबाट शुक्रबार पक्राउ गरी पोखरा पुर्याइएको भएपनि हिजो शनिबार परेकाले आज अदालत खुलेपछि पेस गरिने...
जितगढीमा ऐतिहासिक सरायँ नाच, सेनाको टुकटीद्वारा युद्धकला प्रदर्शन,नाचमा दर्शकको उल्लेख उपस्थिति
Meropress -
जितगढीमा ऐतिहासिक सरायँ नाच, सेनाको टुकटीद्वारा युद्धकला प्रदर्शन
असोज ३० रुपन्देही ।
बुटवल उपमहानगरपालिका वडा नं १३ जितगढीमा पहाडी क्षेत्रमा दशैंपछि नाचिने परम्परागत सरायँ नाच प्रदर्शन गरिएको छ । परम्परागत हातहतियार र युद्धकलाको झल्को दिने सरायँ नाच दशैंको अन्तिम दिन पुणर्िमाको दिनसम्म खेलिन्छ । सराय व्यवस्थापन समिति बुटवल-१३ ले व्यवस्थित रुपमा...
बुटवल-१३ जितगढीमा आज सरायनाच हुने , नाचमा नेपाली सेनाको एक टुकडीले विशेष प्रदर्शन समेत गर्ने
Meropress -
असोज ३०
जीतगढी सराय व्यवस्थापन समिति बुटवल-१३ ले दशैंको पूणर्िमाका दिन आज सराय नाच प्रदर्शन गर्ने भएको छ । बुटवल १३ जितगटीको दुर्गा मन्दीर परिषदमा आजहुने सँरायनाच लाइ ब्यवस्थित बनाउन प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षाका प्रमुख हरु र सराय ब्यवस्थापन समितिका पदाधिकारी हरुको बैठक बसेको छ ।
बैठकले सरायनाचलाइ...
जीतगढी सराय व्यवस्थापन समितिले पूणर्िमाका दिन बुटवलमा सराय नाच देखाउन जितगढीमा हुने सरायनाच एैतिहासिक हुने
जीतगढी सराय व्यवस्थापन समिति बुटवल-१३ ले दशैंको पूणर्िमाका दिन सराय नाच प्रदर्शन गर्ने भएको छ ।
विगतका वर्षहरूमा जस्तै असोज ३० गते पूणर्िमामा सराय नाच देखाउन लागिएको समितिले जनाइको छ । समितिका अध्यक्ष खिमबहादुर थापाले ऐतिहासिक...
रुपन्देही ।
मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने पछि यसक्षेत्रका प्रर्यटन ब्यवसायी उत्साहित भएका छन् ।
निर्माण सम्पन्न भएको लामोसमयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलइन्सले व्यावसायिक उडान सञ्चालन गर्न लागेका चर्चा संगै यसक्षेत्रका प्रर्यटन ब्यवसाहि संगै अन्य...
मुख्यमन्त्री आचार्यद्धारा दुग्ध उद्योगको अवलोकन,
अर्घाखाँची–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि र पशुपालनमैत्री नीति सरकारले अवलम्बन गरेको बताउनु भएको छ । अर्घाखाँची दघुग्ध उद्योगको सोमवार अवलोकनको क्रममा किसानहरु संग छलफल गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय उत्पादीत दूध र दुग्धजन्य पदार्थको खपतका लागि विद्यालय तहको दिवा खाजा कार्यक्रममा दुग्धजन्य उत्पादनलाई समेटनेगरी...
काठमाडौं, २५ असोज । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबाट कीर्तिपुर नगरपालिका-२, मैत्रीनगरस्थित एमाले केन्द्रीय कार्यालय भवनको आज शिलान्यास भएको छ ।
भटभटेनीका संचालक व्यावसयी मीनबहादुर गुरुङ र सावित्री गुरुङबाट दान गरिएको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बन्ने एमालेका महासचिव शंकर पोखरेलले बताउनुभयो । उहाँले भवनको...
हाम्रा महान चाडपर्व हरुमा सरसफाइ ख्यालगर्नुपर्ने बताएका छन । बुटवल सरसफाइ तथा बातावरण संरक्षण सहकारी संस्था बुटवलले आयोजना गरेको सुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने बक्ता हरुले चाडपर्वहरुमा घरघरमा धेरै फोहर जम्मा हुनेभएकाले ब्यवस्थित राख्न तथा घरवरीपरिको फोहरलाइ समेत संकलन गरी बातावरणलाइ सफा सुग्घर राख्न आग्रह गरेका हुन ।
कार्यक्रममा...
सिड्नी > अष्ट्रेलियाको वेष्ट्रन सिड्नीमा बसोबास गर्ने नेपालीहरु संगठित भएका छन् । नेपालका विभिन्न स्थानबाट आएर यहाँ बसोबास गरेका नेपालीहरुको बिहीबार ब्लाकटाउनमा सम्पन्न भेलाले वेष्ट्रेन सिड्नी नेपाली समाजको प्रारम्भिक समिति गठन गरेको हो । वडादशैं, शुभदिपावली, छठ एवं नेपाल सम्वत्को अवसरमा आयोजित शुभकामना आदानप्रदान सहितको भेलाले राम अर्यालको अध्यक्षतामा...
प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग
काठमाडौं, असोज । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले रु ५१ लाख हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई सङ्घका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डलले उक्त रकम हस्तान्तरण गरेको हो । अध्यक्ष...
बुटवल असोज २३
सामुदायिक वनको संरक्षण र विकासमा समुदायको योगदान महत्वपूर्ण रहेको भन्दै सरोकारवालाहरुले वन व्यवस्थापनमा एैन कानुन नै बाधक बनेको बताएका छन्
बुटवल सामुदायिक बन उपभोक्ता समुह बुटवलको १८औ बार्षिक साधारण सभामा वक्ताहरुले समुदायले ढलापडा रुखहरु समेत ब्यबस्थापन गर्न नपाउदा धेरै काठ दाउरा कुहिएर खेर गैरहेको बताए ।
कार्यक्रममा बोल्दै बुटवल...
२०८१ असोज २२
बुटवल ं-आगामी कात्तिक २४ गतेअर्थात नोभेम्बर ९ बाट फ्लाई दुबईले भैरहवाबाट उडान गर्ने भएको छ । हप्तामा सातै दिन दुबई-भैरहवा काठमाडौँ उडान हुने नेपाल नागरिक उड्यन प्राधिकरणका सह प्रवक्ता ज्ञानेन्द्र भुलले बताउनुभयो ।
फ्लाई दुबईको जहाज दुबईबाट आएर दिउसो १ः४५ मा भैरहवा अवतरण गर्ने उहाले जानकारी दिनुभयो ।...
२१ असोज २०८१
बुटवल । नेपालीहरुको विभिन्न चाडपर्वमा परम्पराअनुसारका गतिविधिहरु गर्दै आएको होटल पौवाले यस वर्षको बडादशैँको अवसरमा सराय नाच प्रस्तुत गर्ने भएको छ । होटल पौवाको तिलोत्तमा-३ योगिकुटीमा रहेको शाखाले आगामी कार्तिक २ गते सरायँनाच प्रस्तुत गर्ने भएको हो ।
दशैंका बेला पश्चिम नेपालका पहाडि जिल्लामा गरिने धार्मिक पौराणिक मनोरञ्जनात्मक...
काठमाडौँ २१ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत्को क्षमता विस्तार र खपत वृद्धिको लक्ष्य लिइएको ऊर्जा विकास कार्ययोजनाका विषयमा आज विभिन्न मन्त्री र उच्चाधिकारीसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा आगामी सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट क्षमताको विद्युत उत्पादन गराउन कानुनी, नीतिगत,...
आन्दोलनमा काग्रेस बाहेक ६ दलको समर्थन
२० असोज, बुटवल । बुटवलका मासु व्यवसायीहरुले बुटवल उपमहानगरले अनुगमन आतंक मच्चाएको आरोप लगाउंदै भद्र अवज्ञा आन्दोलन घोषणा गरेका छन् । दशैको मुखमा ब्यवसायि र किसानमाथि गरिएको अत्याचारको विरुद्धमा आन्दोलन गर्नु परेको उनिहरुको भनाइ छ । बाख्रापालक किसान र मासु व्यवसायीको सहभागितामा सार्वजनिक-निजी-उत्पादक साझेदारी...
बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनाराण आचार्यले लगानीमैत्री वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारले लिने बताउनु भएको छ । रुपन्देही उद्योग संघको ४६ औं बार्षिक साधारणसभा उद्घान कार्यक्रमलाई बुटवलमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले लगानीमैत्री वातावरण बनाउन तीन तहकै सरकार प्रतिबद्ध भएर लाग्ने बताउनु भएको हो । प्रदेश सरकारले अगाडी बढाएका औद्योगिक क्षेत्रको...